मदन पुरस्कारको अन्तिम प्रतिस्पर्धामा १० कृति, २९८ पुस्तकबाट छनोट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ४, सोमबार ११:५९

काठमाडौं । मदन पुरस्कार गुठीले वर्ष २०८२ को मदन पुरस्कारका लागि अन्तिम प्रतिस्पर्धामा रहेका उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक गरेको छ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष पुरस्कारका लागि प्राप्त २९८ पुस्तकमध्ये मूल्यांकनपछि १० कृतिलाई उत्कृष्ट सूचीमा समावेश गरिएको हो । यही सूचीभित्रबाट एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार प्रदान गरिनेछ ।

Advertisement

उत्कृष्ट सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ तथा वीणा जोशी (राजभण्डारी)को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ छनोट भएका छन् । यस्तै, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि उत्कृष्ट १० कृतिको सूचीमा परेका छन् ।

मदन पुरस्कार गुठीले विक्रम संवत २०७२ सालदेखि पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्ये उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गर्ने परम्परा सुरु गरेको हो । गुठीका अनुसार छनोटका क्रममा अप्रकाशित सामग्रीको मौलिकता र कृतिको सिर्जनात्मक योगदानलाई विशेष प्राथमिकता दिइन्छ ।

विक्रम संवत २०१२ सालमा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा प्रदान गरिएको थियो । पहिलो संस्करणमा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुरस्कृत भएका थिए ।

विक्रम संवत २०७५ सालदेखि मदन पुरस्कारको राशी चार लाख रुपैयाँ कायम छ। नेपाली साहित्यकै प्रतिष्ठित पुरस्कारका रूपमा चिनिने मदन पुरस्कारको अन्तिम विजेताको घोषणा भने गुठीले पछि गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
कोलकाता–विराटनगर कार्गो रेल सुरु : ढुवानी लागत ४० प्रतिशत घट्ने, निजी क्षेत्र उत्साहित
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पुष्पराज थपलियालाई प्रदान गरिने
जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पुष्पराज थपलियालाई प्रदान गरिने
‘बेस्ट पुलिस अफ द मन्थ’बाट असई थापा र हवल्दार ढकाल सम्मानित
‘बेस्ट पुलिस अफ द मन्थ’बाट असई थापा र हवल्दार ढकाल सम्मानित
मदन पुरस्कारको सर्टलिस्टमा सीमा आभासको ‘महायुग’
सरकारी सेवा थप सहज बनाउन एकद्वार प्रणाली लागू गरिने
उद्धार र राहतलाई प्रभावकारी बनाऔँ
सेयर बजारमा उत्साह, नेप्से एक महिनायताकै उच्च विन्दुमा
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण
साइबर अपराध र कानुनी विवाद न्यूनीकरणका लागि विद्यालयलाई कानुनी प्रशिक्षण
कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल विराटनगर आइपुग्याे
हराएका १४ महिला सकुशल परिवारको सम्पर्कमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×