कोशीका तीन जिल्लामा प्रहरीको अपरेसन, ८ जना पक्राउ

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार १३:०८
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ

विराटनगर । कोशी प्रदेशका तीन जिल्ला मोरङ, सुनसरी र झापामा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै अपरेसनमा लागुऔषध ब्राउन सुगर (खैरो हिरोइन)सहित आठ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये एक जना भारतीय नागरिकसमेत रहेका छन् । पक्राउ परेकाको साथबाट विभिन्न परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले विराटनगर महानगरपालिका–४ लालिगुराँस टोलबाट एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सीआरभी भट्टाचोक र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले सुनसरीको दुहबी नगरपालिका–१२ का २१ वर्षीय धनकुमार यादवलाई पक्राउ गरेको हो ।

यादवको साथबाट १०४ ग्राम खैरो हिरोइन बरामद भएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, मोरङकै कानेपोखरी गाउँपालिका–५ मानेचोकस्थित एक घरमा लागुऔषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा रमाइलो प्रहरी चौकीको टोलीले छापा मार्दा स्थानीय २५ वर्षीय अमित धिमाल र २७ वर्षीय पर्वत राई पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट १ ग्राम ३७० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी खरेबारी सडकखण्डमा विशेष सूचनाका आधारमा प्रहरी चौकी सिक्टी, प्रहरी चौकी बरडंगा र सशस्त्र प्रहरीको बीओपी सिक्टीको संयुक्त टोलीले भारतीय नम्बर प्लेट (बीआर ३८ के ३१७९)को मोटरसाइकल रोकेर चेकजाँच गर्दा चालक भारत बिहार राज्यका ४३ वर्षीय भक्ति पासवान पक्राउ परेका छन् । उनले मोटरसाइकलको टुलबक्समा लुकाइछिपाइ राखेको ८२० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि इलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान गरिरहेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्कबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाको संयुक्त टोलीले पैदल हिँडिरहेका मोरङको उर्लाबारी–४ का २४ वर्षीय बुद्धिमान साह र २२ वर्षीय एलिस राईलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान गरिरहेको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूली चोकमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले स्थानीय २४ वर्षीय प्रवेश सहनी र २५ वर्षीय किरण शर्मालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि विस्तृत अनुसन्धान भइरहेको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×