
काठमाडौं । लघुवित्त पीडितहरूले मङ्गलबार पनि काठमाडौँमा आफ्नो विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। पीडितहरूले आज काठमाडौँको बालुवाटार क्षेत्रमा पुगेर प्रदर्शन गरेका हुन्।
उनीहरूले लघुवित्तको कर्जा पूर्ण रूपमा खारेज गर्नुपर्ने र ब्याज मिनाहा गर्नुपर्ने लगायतका माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।
देशका विभिन्न जिल्लाबाट काठमाडौँ आएका पीडितहरूले सरकारसँग आफ्ना मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। यसअघि उनीहरूले माइतीघर मण्डलालगायतका क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए।



















