वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार १७:२७
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–२६ सुगौलीमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरका दुई छोरीहरू ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबारदेखि बेपत्ता भएका उनीहरूको शव मंगलबार बिहान चक्रदहमा निर्माणाधीन पुल नजिकै जमेको पानीभित्र डुबेको अवस्थामा फेला परेको थियो ।

Advertisement

सोमबार दिउँसो दुवै बालिकाहरू आफ्ना हजुरबुवा किशोरी ठाकुरसँग चक्रदहस्थित खेतमा गएका थिए । हजुरबुवाले उनीहरूलाई खेतमै छाडेर केही समयका लागि घर आएका थिए । पुनः खेतमा फर्किएर जाँदा बालिकाहरू त्यहाँ नभेटिएपछि परिवारमा खैलाबैला मच्चिएको थियो ।

बालिकाहरू हराएपछि परिवारले आफन्त, छरछिमेक र सम्भावित स्थानहरूमा खोजी गरेका थिए । कतै पत्तो नलागेपछि सोमबार राति करिब ११ बजे बालिकाकी आमा अन्तिमा देवीले इलाका प्रहरी कार्यालय सुगौली बिर्तामा जानकारी गराएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले रातभर खोजी कार्य जारी राखेको थियो । त्यस क्रममा मंगलबार बिहान करिब सवा ६ बजे उनीहरू हराएको स्थानभन्दा करिब ५ सय मिटर पूर्वमा रहेको निर्माणाधीन पुलको खाल्डोमा दुवैको शव फेला परेको हो ।
बालिकाहरू खेल्ने क्रममा खाल्डोमा जमेको पानीमा खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । मृतक दुवै बालिकाको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

निर्माणाधीन आयोजनाको लापरबाहीका कारण सुरक्षित घेरा बारा नगर्दा यस्तो दुर्घटना भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो दिइसकिएको छः भारतीय विदेश मन्त्रालय
पूर्व–पश्चिम राजमार्ग र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाहीको दाबी पेस
सुनसरी घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
प्रशासकीय अदालतमा मुद्दाको चाप ह्वात्तै बढ्यो
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस
सवारीसाधनका लागि नयाँ प्रदूषण मापदण्ड स्वीकृत
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण गर्ने क्लिनिकलाई नरोक्न सर्वोच्चको अन्तरिम आदेश
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×