बजारमा ग्यासको सहज आपूर्ति मिलाउन आयल निगमको आग्रह

Share this
655shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार ११:५७

काठमाडौँ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन ग्यास उद्योगीहरूसँग आग्रह गरेको छ। निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै उद्योगीहरूलाई यस्तो अनुरोध गरेको हो।

१४.२ किलोग्रामको ग्यास सिलिन्डर बिक्री वितरण सुरु भएपछि बजारमा ग्यास अभाव भएको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेकाले सहज आपूर्ति मिलाउन लागिपर्न निगमले ध्यानाकर्षण गराएको छ।

निगमले ग्यास विक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ। साथै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको स्पष्ट रेकर्ड राखेर व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्नसमेत विक्रेताहरूलाई आग्रह गरेको छ।

बजारमा ग्यास नपाएको अवस्थामा उपभोक्ताले कार्यालय समयभित्र आयल निगमको हटलाइन नम्बर ०१-५९७१९०२ मा सम्पर्क गरी जानकारी गराउन सक्ने विज्ञप्तिमा उल्लेख छ। एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने भएकाले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र घरमा अनावश्यक भण्डारण नगर्न निगमले अपिल गरेको छ।

तपाइको प्रतिक्रिया
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×