उर्लाबारीको वनबाट बन्दुक र बारुद बरामद

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार ०७:४४

विराटनगर । मोरङको उर्लाबारीस्थित जनज्योति सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुक, बारुद र बन्दुकमा प्रयोग हुने सामग्री बरामद गरेको छ ।

चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट वन क्षेत्रमा गस्ती गर्न टोली परिचालन गरिएको थियो । प्रहरीले शनिबार दिउँसो ४ः२५ बजेतिर बन्दुक बरामद गरेको हो ।

Advertisement

प्रहरी टोलीलाई देख्नासाथ सिकारीहरू बोरा छाडेर जंगलतर्फ फरार भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । बोरा खोलेर हेर्दा एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने धातुका १३ वटा टुक्रा तथा ४५ ग्राम ८८० मिलिग्राम बारुद फेला परेको जानकारी उनले दिए ।

बरामद गरिएका सामग्री नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारेर यस विषयमा इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.