चोरी गरेर भारत पुर्‍याउन लागिएको सिटी सफारी विराटनगरबाट नियन्त्रणमा, एक जना पक्राउ

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार ०७:५३
सांकेतिक फोटो ।

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट चोरी भएको सिटी सफारी भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार शनिबार बिहानका राति नारायणप्रसाद थपलियाको घरमा प्रवेश गरी दराजमा राखिएको सुनचाँदीका गरगहना तथा घरअगाडि पार्किङमा राखिएको प्रदेश १–०२–००४ ह ८६३९ नम्बरको हरियो रंगको सिटी सफारी चोरी भएको थियो । बिहान ८ बजे घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय विराटचोकको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थलको निरीक्षणका क्रममा प्रहरीले एउटा पुरानो साइकल, दुईवटा तामाको कलश, तार काट्ने कैँची र एउटा छाता फेला पारेर नियन्त्रणमा लियो । त्यसपछि विभिन्न प्रहरी कार्यालयमा सूचना प्रवाह गरी खोजतलास तीव्र बनाइएको थियो ।

सोही क्रममा बिहान करिब ८ः२० बजेतिर इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१६ दरैयामा सफारी फेला पार्यो । भारततर्फ लैजाँदै गरेको अवस्थामा चोरी भएको सफारी नियन्त्रणमा लिइएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार सफारी भारत कटाउन लागेका उदयपुर घर भई हाल विराटनगर–४ बस्ने ३२ वर्षीय मणिकुमार तामाङलाई पक्राउ गरिएको छ । पक्राउ परेका तामाङको साथबाट चोरी भएको सफारी र सुनजस्तो देखिने पहेँलो धातुका गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×