मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार ०८:३८
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ 

काठमाडौं । मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई आइतबार राति साढे १० बजे भक्तपुरस्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रसाईंलाई पक्राउ गर्नका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोली उनको निवास पुगेको थियो ।

Advertisement

व्यवसायी प्रसाईंले आइतबार दिउँसो मात्रै एक पत्रकार सम्मेलनको आयोजना गरी नेपालमा हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि निर्णायक आन्दोलनको घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेको केही घण्टाभित्रै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रसाईंले सार्वजनिक शान्ति सुरक्षा भङ्ग गरेको र उत्तेजक अभिव्यक्ति दिएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
राहदानी कसुरमा परराष्ट्रका सहसचिव भट्टराई पक्राउ
साढे तीन महिनामा विपद्का ४ हजारभन्दा बढी घटना: १९६ जनाको मृत्यु
नारायणगढ-मुग्लिन सडकको पहिरो हटाइयो, दुवैतर्फी यातायात सञ्चालनमा
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
३ दिन भारी वर्षाको सम्भावनाः बाढी र पहिरोको जोखिम उच्च
चिया निर्यात घट्यो: पूर्वी नाकाबाट ३ अर्ब ५२ करोडको निकासी
सप्तरीको राजविराज र बोदेबर्साइनबाट निषेधाज्ञा हटाइयो
सुनकोसीमा कार खस्यो: चालकसहित ३ जना बेपत्ता
सुस्ता विवाद राष्ट्रियसभामा: एसएसबीको हस्तक्षेपबारे सरकारको ध्यानाकर्षण
बालबालिकालाई सदस्यता दिएकोबारे रास्वपालाई मानव अधिकार आयोगको पत्र
मानवअधिकार उल्लंघनसम्बन्धी ३९ उजुरी दर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.