सात साना दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणाको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १८:३१

काठमाडौं । सातवटा साना राजनीतिक दलहरूले ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन्। सोमबार काठमाडौँ र ललितपुरमा भएको उच्चस्तरीय छलफलपछि साना दलहरू मोर्चाबन्दीको अन्तिम तयारीमा जुटेका हुन्।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार आगामी साउन २३ गते काठमाडौँको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको काठमाडौँ ब्याङ्क्वेटबाट औपचारिक रूपमा मोर्चा घोषणा गरिनेछ।

Advertisement

उक्त मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाललगायतका दलहरू आबद्ध रहेका छन्।

सोमबार ललितपुरमा भएको छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र जसपा नेपालका नेता जितेन्द्र सोनललगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.