एमाले नेताहरु काठमाडौंतिर, यता मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १४:३२

विराटनगर। कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको विषयलाई लिएर नेकपा एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल पद छोड्न अस्वीकार गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले समस्या सुल्झाउन कोशीका तीन शीर्ष नेतालाई काठमाडौं बोलाएका छन्।

अध्यक्ष ओलीले मुख्यमन्त्री कार्की, एमाले सचिव शेरधन राई र प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई छलफलका लागि गुण्डुस्थित आफ्नो निवास बोलाएका हुन्। यसअघि नै अध्यक्ष ओलीले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए। सोही सन्देश लिएर सचिव राई शनिबार विराटनगर आइपुगेका थिए।

Advertisement

तर मुख्यमन्त्री कार्कीले व्यक्तिगत निर्देशनका भरमा राजीनामा नदिने अडान लिए। पार्टीको औपचारिक वा संस्थागत निर्णय आए मात्र पद छाड्ने कार्कीको अडानपछि अध्यक्ष ओली रुष्ट बनेका छन्।

यता, विराटनगरमा भने मुख्यमन्त्री कार्कीविरुद्ध हस्ताक्षर अभियान तीव्र पारिएको छ। ओलीले तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सार्न खोजेका छन्। मेन्याङ्बोलाई अघि बढाउन कार्कीलाई संसदीय दलको नेताबाट हटाउने तयारी भइरहेको छ।

यसका लागि सांसदहरूकै निवासमा पुगेर दुई वटा छुट्टाछुट्टै कागजमा हस्ताक्षर गराइएको स्रोतको दाबी छ। संसदीय दलको नेता परिवर्तन गर्ने र सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिनेसम्मको तयारीका लागि यो कदम चालिएको बताइएको छ।

यसरी दबाबमूलक ढंगले सादा कागजमा हस्ताक्षर गराइएको भन्दै एमालेकै केही सांसदहरूले असन्तुष्टि जनाएका छन्। प्रदेश सांसद रेवतीरमण भण्डारीले मुख्यमन्त्री लचिलो हुँदाहुँदै यसरी हस्ताक्षर संकलन गरेर पार्टीभित्र अस्थिरता निम्त्याउन खोजिएको बताए। मुख्यमन्त्रीसँग अझै पनि वैधानिक रूपमा अघि बढ्ने धेरै विकल्प बाँकी रहेको र उनको एउटै निर्णयले यी हस्ताक्षर अर्थहीन बन्न सक्ने दाबी भण्डारीले गरे।

कोशीमा सरकार फेर्ने सकस

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्डः घाइते मेहताको मृत्युपछि सुरक्षा सतर्कता
आगजनीले मिसिलमा क्षति पुगेपछि लक्ष्यअनुसार मुद्दा फर्छ्यौटमा कठिनाइ
गणेश यादव मृत्यु प्रकरणमा उच्चस्तरीय समितिले सुरु गर्यो छानबिन
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
कप्तानगन्ज गोलीकाण्ड : गृहमन्त्री नआएसम्म रवीन्द्रको शव नबुझ्ने अडान
एमाले नेताहरु काठमाडौंतिर, यता मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान
सुस्ता अतिक्रमण : सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ: एमाले
मुख्यमन्त्री हेरफेर किचलो: योगेशले सोधे-‘साटसुट र शक्तिको भाषा किन ?’
कप्तानगन्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो, रवीन्द्रकुमार मेहताको पनि काठमाडौंमा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.