विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १६:५६
 विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३ /८४ को स्वीकृत योजना तथा कार्यक्रमसहितको बजेट पुस्तिका सार्वजनिक गरेको छ । बजेट पुस्तिका सार्वजनिक गरेसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्य तालिका अनुसार अघि बढाउने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको हो ।

महानगर परिसरमा आयोजित एक कार्यक्रमका बीच कार्यवाहक नगर प्रमुख मधुबाबु तिवारी र वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले संयुक्त रूपमा बजेट पुस्तिकाको विमोचन गरे ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख तिवारीले समयमै बजेट पुस्तिका प्रकाशन हुनुलाई सुशासन, पारदर्शिता र उत्तरदायी वित्तीय व्यवस्थापनको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे । उनले समयमै बजेट पुस्तिका आउँदा स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनलाई थप व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउन ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । बजेट तयारीदेखि प्रकाशनसम्म अहोरात्र खटिने कर्मचारी तथा सरोकारवालाहरूलाई उनले धन्यवाद समेत दिए ।

यस्तै, महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले बजेट पुस्तिका सार्वजनिक भएसँगै चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुलेको जानकारी दिए । उनका अनुसार नगर प्रमुखबाट खर्च गर्ने अख्तियारी प्राप्त भइसकेको छ भने महानगरका सबै १९ वटै वडाका सचिवहरूलाई आवश्यक निर्देशन दिइसकिएको छ ।

यस वर्षको बजेट पुस्तिकामा केवल आय–व्यय र कार्यक्रमको सूची मात्र नभई महानगरको संस्थागत परिचय, विकास यात्रा, प्राथमिकता, नीति तथा दीर्घकालीन विकास दृष्टिलाई समेत समावेश गरिएको अधिकृत शर्माले बताए । यसले नागरिक, जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई महानगरको समग्र कार्यदिशाबारे स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले विगतका वर्षहरूको तुलनामा यस पटक समयमै बजेट पुस्तिका सार्वजनिक हुनु सकारात्मक पक्ष भएको बताए । यसले विकास निर्माणका योजनाहरूलाई समयमै अघि बढाउन र बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो ।

बजेट पुस्तिका सार्वजनिक भएसँगै अब महानगरका विभिन्न विकास निर्माणका कामहरूले गति लिने र सेवा प्रवाह थप चुस्त हुने महानगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
ग्यास अभाव सम्बोधन गर्न मुख्यसचिवको अध्यक्षतामा उच्चस्तरीय छलफल
इलामको यातायात समस्या समाधान गर्न मन्त्री लम्सालको ध्यानाकर्षण
लेटाङको होटलमा युवतीमाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
पाँचथरका पशुचौपायामा रेबिज, बढाइयो निगरानी
ग्यास अभाव किन ? सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
अपरिचितको पछि लागेर सुन नल्याउन विमानस्थल सुरक्षा कार्यालयको आग्रह
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सहरूको सम्झौता कार्यान्वयन गर्न नर्सिङ संघको माग
 विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 
विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 
युगान्डामा भ्यान र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु
व्यवसायीको घरमा छापा: मोरङका एसपीसँग स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.