नर्सहरूको सम्झौता कार्यान्वयन गर्न नर्सिङ संघको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १६:५८
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन

काठमाडौं । नेपाल नर्सिङ संघले नर्सहरूको पेसागत हकहित र सुविधाका विषयमा विगतमा भएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेको छ। सम्झौता कार्यान्वयनको माग राख्दै अनसनमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले आफ्ना मागहरूप्रति सरकार गम्भीर नबनेको आरोप लगाएको छ। विगतका सहमति कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले साउन १४ गतेदेखि अनसनमा बसेकी रानाभाटको स्वास्थ्य अवस्था छैटौँ दिनमा पुग्दा निकै कमजोर बनेको संघले जनाएको छ।

Advertisement

यसअघि कात्तिक ४ गतेदेखि तलब सुविधा लगायतका माग राखेर देशभरका नर्सहरूले आन्दोलन गरेपछि कार्तिक १५ गते स्वास्थ्य मन्त्रालय, नेपाल नर्सिङ संघ र सरोकारवालाबिच सहमति भएको थियो। उक्त सहमतिमा नर्सहरूको तलब, भत्ता र अन्य सुविधा बढाउने विषय उल्लेख भए पनि लामो समय बितिसक्दा पूर्ण रूपमा कार्यान्वयनमा नआएको संघको भनाइ छ।

सरकारले चासो नदेखाएपछि बाध्य भएर अनसन बस्नुपरेको भन्दै संघले जायज मागहरू अविलम्ब पूरा गरी अनसनरत नर्सको जीवन रक्षा गर्न जोडदार माग गरेको छ। माग पूरा नभए र अनसनरत नर्सको स्वास्थ्यमा कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मा मन्त्रालय र सम्बन्धित निकायको हुने चेतावनी संघका अध्यक्ष प्रा. चन्द्रकला शर्मा र महासचिव डा. देवका कुमारी आचार्यले दिएका छन्।

तपाइको प्रतिक्रिया
ग्यास अभाव सम्बोधन गर्न मुख्यसचिवको अध्यक्षतामा उच्चस्तरीय छलफल
इलामको यातायात समस्या समाधान गर्न मन्त्री लम्सालको ध्यानाकर्षण
लेटाङको होटलमा युवतीमाथि बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
पाँचथरका पशुचौपायामा रेबिज, बढाइयो निगरानी
ग्यास अभाव किन ? सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
अपरिचितको पछि लागेर सुन नल्याउन विमानस्थल सुरक्षा कार्यालयको आग्रह
नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पताल अगाडि नर्सहरूको प्रदर्शन
नर्सहरूको सम्झौता कार्यान्वयन गर्न नर्सिङ संघको माग
 विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 
विराटनगर महानगरद्वारा बजेट पुस्तिका सार्वजनिक 
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 
युगान्डामा भ्यान र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु
व्यवसायीको घरमा छापा: मोरङका एसपीसँग स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.