झापामा स्क्रब टाइफसको उच्च जोखिम: बिर्तामोडमा मात्रै ५९८ सङ्क्रमित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार २०:२३
झापामा स्क्रब टाइफसको उच्च जोखिम: बिर्तामोडमा मात्रै ५९८ सङ्क्रमित

झापा । झापामा पछिल्लो समय ‘स्क्रब टाइफस’ को सङ्क्रमण बढ्दै गएको छ । आर्थिक वर्ष २०८२ / ८३ को तथ्यांक अनुसार जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १५ वटा स्थानीय तहमध्ये बिर्तामोड नगरपालिका सङ्क्रमणको मुख्य ‘हटस्पट’ बनेको छ । कार्यालयको तथ्यांकको आधारमा सबैभन्दा बढी बिर्तामोड नगरपालिकामा ५९८ जनामा सङ्क्रमण देखिएको हो ।

Advertisement

यस्तै, दमक नगरपालिकामा ४३, मेचीनगरमा २५, कमल गाउँपालिकामा १६, कनकाई नगरपालिकामा ६, हल्दीबारी गाउँपालिकामा ५, झापा गाउँपालिकामा २ र भद्रपुर नगरपालिकामा १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्क्रब टाइफस सङ्क्रमित माइट (किर्ना)को टोकाइबाट मानिसमा सर्ने रोग हो । यसबाट ज्यानै जाने जोखिम हुन्छ । यो रोग लाग्दा उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, खोकी, वान्ता, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा समस्या हुने तथा टोकेको स्थानमा कालो दाग देखिन सक्ने लक्षण देखा पर्न सक्छ । खेतबारी, झाडी वा वन क्षेत्रमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्ने तथा घर वरपरको वातावरण सफा राखी झाडी बढ्न नदिनेलगायत सावधानी अपनाउन सबैमा स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य शाखाका अनुसार नेपालमा स्क्रब टाइफसका सङ्क्रमितको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ ।

तपाइको प्रतिक्रिया
झापामा स्क्रब टाइफसको उच्च जोखिम: बिर्तामोडमा मात्रै ५९८ सङ्क्रमित
झापामा स्क्रब टाइफसको उच्च जोखिम: बिर्तामोडमा मात्रै ५९८ सङ्क्रमित
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा 
अपुष्ट सूचनाको भरमा उद्योगीलाई आतंकित पारिएको भन्दै व्यावसायिक संगठनद्वारा विरोध
गण्डकीमा गाँजा विधेयक प्रमाणीकरण, खेतीको बाटो खुल्यो
दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
मधेश घटनाको छानबिन गर्न न्यायिक समिति गठनको माग गर्दै कांग्रेस
सात साना दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणाको तयारी
भुटानी शरणार्थीलाई मिर्गौला प्रत्यारोपण रोक्न नमिल्ने सर्वोच्चको परमादेश
कोशीमा सरकार फेर्ने सकस
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ 
दुर्गा प्रसाईंलाई ७ दिन हिरासतमा राख्न प्रहरीको माग
सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.