कोशी प्रदेशः अध्यक्षको निर्देशनपछि मुख्यमन्त्रीले सरकारको गाँठो फुकाउने दाबी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १०:०६

विराटनगर । नेकपा (एमाले) का केन्द्रीय सचिव एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टी अध्यक्षको निर्देशन बमोजिम मुख्यमन्त्रीले प्रदेश सरकार सञ्चालन र नेतृत्व सम्बन्धी गाँठो फुकाउने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता राईले गत साउन ९ गते नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्नु दुवै पार्टीको अनिवार्य कर्तव्य भएको उल्लेख गरे । सहमति कार्यान्वयनका क्रममा केही आन्तरिक गाँठो परेको स्वीकार गर्दै उनले मुख्यमन्त्रीले पार्टी अध्यक्षलाई भेटेर सोही निर्देशन अनुसार समस्या समाधान गर्ने जानकारी दिए ।

Advertisement

एमाले अध्यक्षले प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र सचिवलाई गुन्डु बोलाएको भन्ने खबर गलत भएको स्पष्ट पार्दै राईले अन्य कामले काठमाडौँ जाँदा भेटघाट भएको बताए ।

मुख्यमन्त्री फेर्ने विषय प्रदेश इन्चार्जको व्यक्तिगत चाहना भएको र काठमाडौँ नगएर हस्ताक्षर अभियान चलाएको भन्ने हल्लाको उनले खण्डन गरे । यस्ता भ्रामक, कपोलकल्पित र गैरजिम्मेवार अभिव्यक्तिको भर्त्सना गर्दै उनले कुनै पनि अफवाहको भ्रममा नपर्न आग्रह गरे ।

आफू संस्थापक मुख्यमन्त्री छँदा पार्टीको निर्देशन पाउने बित्तिकै तत्कालै अर्का नेतालाई हाँसीखुसी पद हस्तान्तरण गरेको स्मरण गराउँदै राईले आफू सधैँ पार्टीको नीति, विधि र अनुशासनमा प्रतिबद्ध रहेको बताए । पार्टीको निर्णय र निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्न उनले सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान समेत गरे ।

तपाइको प्रतिक्रिया
कांग्रेस विवाद: सर्वोच्चद्वारा पुनरावलोकनको अनुमति
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.