विराटनगर आउँदैछन् अभिषेक गिरी, पक्राउ गर्ने प्रहरीको तयारी

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १८:४६

विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरी विराटनगर आउने भएपछि प्रहरीले पक्राउको तयारी गरेको छ । उनी बुद्ध एयरको जहाजबाट अहिले साँझ विराटनगर आउँदैछन् ।

विराटनगर विमानस्थल ओर्लनसाथ पक्राउको तयारी गरिएको छ । स्रोतका अनुसार उनलाई पक्राउ गर्न प्रहरी टोली विराटनगर विमानस्थलमा परिचालन गरिएको छ । आपराधिक लाभको आरोपमा पक्राउ गरेर उनीमाथि अनुसन्धान अघि बढाउने तयारी रहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

उनका अनुसार गिरीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ अनुमति लिइसकिएको छ । गुन्डागर्दी पृष्ठभूमिका गिरीलाई काठमाडौं जिल्ला अदालतले केही दिनअघि धरौटीबापत ५ लाख रूपैयाँ लिएर छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर छुटे पनि मोरङ प्रहरीले पक्राउ गर्ने बुझेपछि उनले धरौटीबापतको रकम बुझाएका थिएनन् ।

धरौटी नबुझाएपछि कारागार चलान गरिएको थियो । अहिले धरौटी बुझाएर छुटेका उनी विराटनगर आउँदैछन् । विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुभाष श्रेष्ठले रकम असुल गरेको भनेर किटानी जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गिरीलाई गत असार २३ गते विराटनगरबाट पक्राउ गरेको थियो । सीआईबीले गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको भन्दै उक्त रकम बिगो दाबीसहित मुद्दा अदालत लैजानुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

सीआईबीकै रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गिरीविरुद्ध साउन १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले गिरीलाई पाँच लाख रुपैया धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर, आदेशअनुसारको रकम नतिरेपछि गिरीलाई डिल्लीबजार कारागार पठाइएको थियो । श्रेष्ठले पाएको ठेक्का आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै गिरीले ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

अब गिरीविरुद्ध मोरङ प्रहरीले आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाउने छ । मोरङ कारागारका कैदी बन्दीहरुबाट असुली गरेको आरोपमा मोरङ प्रहरीले असार १३ गते गिरीलाई घरबाटै पक्राउ गरेको थियो ।

उक्त घटनामा अदालतबाट हाजिर जमानीमा छुटेका उनीमाथि सीआईबीले अनुसन्धान गरेको हो । गिरी यसअघि पनि अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल बसेर २०७९ चैत ५ गते छुटेका थिए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×