एउटा धारणा, एउटा सत्य

मुलुकी खबर
विनयी विस्मय
clock२०८३ श्रावण २३, शनिबार ११:५०

धर्म अभिनय गर्न सकिँदैन।

अभिनय त धार्मिकता बिनाको नामको धर्म मात्र हो।

Advertisement

प्रार्थना वा प्रेम पनि गर्ने कुरा होइन।

ज्ञान पढेर प्राप्त हुँदैन।

करुणा हृदयमा अविर्भाव हुने कुरा हो ज्ञान जस्तै।

दया सामान्य कुरा हो, गर्न सकिन्छ माया जस्तै।

धर्म, प्रार्थना र प्रेममा हुन सकिन्छ,

समुद्रमा एक थोपा पानी मिसिएर समुद्रमै समाहित भए जस्तै।

त्यहीँ लीन, विलीन र मिहीन भएर समुद्रै भएर बहिनु, लहरिनु छालहरूसँग निरन्तर।

आत्मसात् विचार हुन सक्छ, तर ज्ञान आत्मसात् गर्न सकिँदैन।

थाहा पाउनु भएकाहरूबाट हुन्छ, तर

जान्नु कठिन तपस्याबाट आफैँभित्रको यात्रा हो;

जहाँबाट स्वयंसँग परिचित हुनुसँग सम्बन्ध छ।

यो मन चञ्चलताको अर्को नाम,

जो कहिल्यै शान्त बस्न सक्दैन।

पाप र पुण्य कर्ममा हुने कुरा होइन,

यो हाम्रो चित्तको अवस्था हो।

पाप कर्म वा पुण्य कर्म हुँदैन,

हाम्रो चित्तको अवस्था कस्तो छ,

भर पर्ने त्यसमा हो।

चित्त पापैपापले भरिएको छ भने कर्म जतिसुकै पुण्यको गरे पनि त्यो पुण्य कर्म हुँदैन,

त्यो कर्म देखावटी मात्र हो।

पाप वा पुण्य साक्षीभावमा निर्भर हुन्छ।

साक्षीभाव त्यति सजिलो छैन,

जिब्रो चपाएर साक्षीभावमा हुन सकिँदैन।

चोरी नगर्नु पुण्य होइन, चित्त अचौर्य हुनु पुण्य हो।

अन्तःकरण शुद्ध हुनु साध्य हुनुको कडी हो।

आचरण अन्तःकरणको साधन मात्र हो,

साध्यले साधनलाई प्रयोग गर्छ।

चैतन्यमा होसको दियो बलेको छ भने

संन्यास पनि उज्यालो, संसार पनि उज्यालो।

हृदय आनन्द-कमलले ढकमक्क छ भने

त्यही हो पुण्यको अवस्था।

अब यहाँ पापको अवस्था के हो त भनेर प्रश्न गरिरहनु जरुरी छैन।

चित्त

होसपूर्ण,

बोधपूर्ण,

जागृतिपूर्ण,

प्रकाशपूर्ण,

प्रेमपूर्ण र करुणामय छ भने त्यही हो मन्दिर,

त्यही हो मस्जिद,

त्यही हो चर्च र त्यही हो गुम्बा, गुरुद्वारा अनि धर्म पनि।

अब पाप र पुण्यका निम्ति भौँतारिनु नै छैन कतै।

हरेक वस्तु, थोक र व्यक्ति दिनानुदिन थोत्रिरहेछन्,

भित्रभित्रै बूढो भइरहेछन् स्वयंमा।

एउटा हेमानको ढुङ्गो वा पृथुलतम महल सूक्ष्ममा अस्थिर छन्।

हरेक वस्तु वा व्यक्तिभित्र अनगिन्ती थोकहरू कुदिरहेछन्।

कोषविहीन कोरोनादेखि दुई अर्बवटा आकाशगङ्गा सबै अस्थिरताका नाम हुन्।

यी सबै सृष्टि भएका वस्तु हुन्।

जन्म भएका सबै थोकहरूको मृत्यु सत्य छ,

सृष्टि भएका सबै थोकहरूको विनाश सत्य छ।

एकमात्र विशाल, विराट

महाअस्तित्व,

महाशून्य,

महाप्रकाश;

जसको न जन्म भएको हो, न सृष्टि नै भएको हो;

त्यो अजन्मा अस्तित्व,

निराकार अरूप अस्तित्व मात्रै रहन्छ यहाँ

सदा-सदा अनादि र अनन्तसम्म।

यो शब्दले नअर्थिने सत्य केवल अनुभूति,

मात्रै अनुभूति!

त्यही तत्त्व हो ‘ॐ’ भनेको पनि,

त्यही तत्त्व हो ‘स्थितप्रज्ञ कृष्ण’ भनेको पनि।

अनादि… र… अनन्त…

बस…

तपाइको प्रतिक्रिया
डिम्ब तस्करी प्रकरण: डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा
नेपालयद्वारा २५ वर्षमुनिका ७५ युवा लेखकका तीन पुस्तक लोकार्पण
सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउँछौँ: रास्वपा सभापति लामिछाने
सुधार केन्द्रमा रहेका युवकको मृत्यु
मोरङ, सुनसरी र झापाबाट गाँजा र ब्राउन सुगरसहित १० जना पक्राउ
पूर्वमेयर सिंह जंगलमा मृत अवस्थामा भेटिए
ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता अपनाउन निर्देशन
‘संविधानका उपलब्धि कमजोर बनाउने गतिविधि अस्वीकार्य’
प्रधानमन्त्री कार्यालयद्वारा १५२ मुद्दाको लिखित जवाफ अदालत पठाइयो
पूर्वमेयर सिंहको खोजी तीव्र, तालिमप्राप्त कुकुर र ड्रोन प्रयोग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.