
एजेन्सी । भारतको हिमाचल प्रदेशमा निजी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा पर्ने चम्बा जिल्लाको पहाडी क्षेत्रमा शनिबार १८ जना यात्रु सवार बस सडकबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा अन्य १० जना घाइते भएका छन् भने घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। भारी वर्षाका कारण हिमाचल प्रदेशका १८५ वटा सडक बन्द भएका छन्।
राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार जुन ३० मा मनसुन सुरु भएयता बाढीपहिरा र सडक दुर्घटनामा परी १४३ जनाको मृत्यु भइसकेको छ।

























