खुकुरी देखाएर आतंक मच्चाउने युवाको साथमा भेटियो गोली र बारुद

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १७:४०

पाँचथर । खुकुरी देखाएर धाकधम्की दिँदै आतंक मच्चाएर हिँडेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् । पक्राउ परेका युवकको साथबाट प्रहरीले खुकुरीसँगै गोली र बारुदसमेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–६ शिवाका ३२ वर्षीय सुसन तुम्रोक रहेका छन् । तुम्रोकले कुम्मायक गाउँपालिका–१ यासोक बजारमा खुकुरी देखाएर धाकधम्की दिँदै आतंक मच्चाएको सूचना प्राप्त भएपछि प्रहरी चौकी यासोकबाट खटिएको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।

Advertisement

तुम्रोकको शरीर खानतलासी गर्दा दापसहितका दुई थान खुकुरी, इन्सास राइफलमा प्रयोग हुने एक राउण्ड गोली र २७ दशमलव ७१ ग्राम बारुद बरामद भएको प्रहरीले जनाएको छ । खुकुरी देखाएर धाकधम्की दिएको आरोपमा पक्राउ परेका तुम्रोकलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

उनीविरुद्ध हातहतियार खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान गर्न पाँचथर जिल्ला अदालत फिदिमबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×