‘पार्टीलाई गतिशील बनाउन नेतृत्वले अविलम्ब निकास दिनुपर्छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १७:४३

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्ब निकास दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस सिन्धु–काठमाडौंद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिइएको जानकारी दिए।

नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिए।मरणासन्न अवस्थामा पुगेको कांग्रेसलाई पुनर्जीवित गर्दै बलियो, जाँगरिलो र ठूलो पार्टी निर्माण गर्नु आजको आवश्यकता रहेको उनले बताए। मुलुकको भविष्य हाँक्न, सबै राजनीतिक शक्तिलाई एकताबद्ध बनाउन र बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न सक्षम कांग्रेस निर्माण गर्नुपर्नेमा उनले जोड दिए। २८ गतेसम्म गगन थापाले निकास नदिए २९ गतेबाट पार्टीले नयाँ कार्यदिशा लिने उनको भनाइ थियो।

Advertisement

मुलुकमा बढ्दै गएको निरंकुशतालाई रोक्न र देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई सबैभन्दा ठूलो र सुदृढ शक्तिको रूपमा स्थापित गर्नुको विकल्प नरहेको उनले स्पष्ट पारे।

काँग्रेस फुटाउन नभई अझ बलियो र एकताबद्ध बनाउन नेताहरू देशभर सक्रिय भइरहेको दाबी गर्दै उनले तोकिएको समयसम्म निकास ननिस्किए नयाँ बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने बताए। देशभर चलिरहेको यस अभियानलाई आ-आफ्नो जिल्लामा युवाहरूले एकीकृत रूपमा अघि बढाउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
रतुवामाईमा सर्पको टोकाइबाट महिलाको मृत्यु
सुनबर्षीमा महिला मृत फेला
कप्तानगन्ज घटनाको छानबिनमा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि एमाले र नेकपाको ५ बुँदे निर्देशन
लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.