प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि एमाले र नेकपाको ५ बुँदे निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १७:५४

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकार गठन तथा मन्त्रालय बाँडफाँटका लागि पाँच बुँदे निर्देशन जारी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रूपमा हस्ताक्षर गर्दै प्रदेश तहका लागि सर्कुलर जारी गरेका हुन् ।

जारी निर्देशन अनुसार मन्त्रालय भागबन्डामा प्रदेशसभामा दलहरूको सिट संख्यालाई मुख्य आधार बनाइनेछ भने मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई समेत समग्र राजनीतिक शक्ति सन्तुलनमा गणना गरिनेछ । मन्त्रालय बाँडफाँट गर्दा पालैपालो छनोट गर्ने मोडेल तय गरिएको छ । जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्री नभएको दलले र दोस्रो मन्त्रालय मुख्यमन्त्री भएको दलले रोज्नेछन् । यही क्रम दोहोर्‍याउँदै सबै मन्त्रालयको बाँडफाँट गरिनेछ ।

Advertisement

दुई दलको बहुमत नपुग्ने प्रदेशमा तेस्रो दललाई सहभागी गराउँदा आपसी समझदारीमा मन्त्रालय दिने र बाँकी मन्त्रालयमा यही पालैपालो छनोट गर्ने विधि लागू हुनेछ । प्रदेशमा सुशासन, समृद्धि र विकासलाई गति दिन न्यूनतम साझा प्रतिबद्धता निर्माण गरी सार्वजनिक गर्ने र सोही आधारमा कार्यसम्पादन गर्ने सहमति दुवै दलले गरेका छन् ।

तपाइको प्रतिक्रिया
प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि एमाले र नेकपाको ५ बुँदे निर्देशन
लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.