६ महिनापछि स्वदेश फर्कँदै शेरबहादुर देउवा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार ०७:०९
६ महिनापछि आज स्वदेश फर्कँदै शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ६ महिना लामो उपचारपछि आज (बिहीबार) स्वदेश फर्कँदै छन् । उनी थाई एयरवेजमार्फत मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ ।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए । सिंगापुर र हङकङमा उपचार प्रक्रिया पूरा गरी उनी आज स्वदेश फर्कन लागेका हुन् ।

Advertisement

देउवाको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहितको भव्य तयारी गरेको छ । नेता डा. प्रकाशशरण महतका अनुसार देउवा स्वदेश फर्किएकै भोलिपल्ट अर्थात्  शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.