‘कांग्रेसको वैधानिकतामा अलमलमा पर्नुपर्ने अवस्था छैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३०, शनिबार १४:४६

ललितपुर। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताका विषयमा कुनै पनि भ्रम वा अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित दोस्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

Advertisement

उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत सदर गरिसकेकाले वैधानिकताका सम्बन्धमा आशङ्का नगर्न आग्रह गरे। सर्वोच्च अदालतको फैसला सबैले स्वीकार्नुपर्नेमा जोड दिँदै उनले अदालतले केन्द्रीय समितिलाई बदर नगरेको र गगन थापा नै आधिकारिक सभापति रहेको कुरा स्पष्ट पारिसकेकाले इतर समूहलाई फैसला स्मरण गर्न सुझाव दिए।

पार्टी फुट्ने आशङ्का खारेज गर्दै शर्माले कांग्रेसमा सधैँ विधिको सर्वोच्चता कायम रहने प्रस्ट पारे। दर्शकले नभई रेफ्रीले मात्र पहेँलो वा रातो कार्ड देखाउन पाएजस्तै राजनीतिमा पनि आधिकारिक निर्णय लिने वा ‘कार्ड’ देखाउने अन्तिम अधिकार केवल निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र हुने उनले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.