होटलमा भीषण आगलागी, ९ जनाको मृत्यु

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार १०:४६

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा बुधबार बिहान एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते भएका छन्।

मध्य कोलकाताको मिर्जा गालिब स्ट्रिटस्थित होटलमा राति करिब १ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीको सूचना पाएलगत्तै दमकलका पाँच वटा गाडी घटनास्थल पुगेका थिए। प्रहरी तथा विपद् व्यवस्थापन टोलीले पनि तत्काल उद्धार तथा राहत कार्य सुरु गरेका थिए।

दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिए पनि होटलभित्र बाक्लो धुवाँ भरिएकाले माथिल्ला तलामा पुगेर उद्धार गर्न कठिनाइ भएको बताइएको छ। आगो नियन्त्रणमा आएपछि भवनलाई चिस्याउने तथा सम्भावित रूपमा फसेका मानिसहरूको खोजी गर्ने काम भइरहेको छ।

प्रहरीका अनुसार अहिलेसम्म नौ जनाको मृत्यु पुष्टि भएको छ। घाइते छ जनालाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ। मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।

घटनाको कारणबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन। प्रहरीले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ भने उद्धार तथा खोजी अभियानलाई प्राथमिकता दिएको छ। संयोगवश, पश्चिम बङ्गाल अग्निशमन विभागको मुख्यालय पनि घटनास्थलनजिकै रहेको बताइएको छ।

कोलकाताको यो घटनाभन्दा दुई दिनअघि पश्चिम बंगालकै बीरभूम जिल्लाको तारापीठस्थित एक होटलमा पनि भीषण आगलागी भएको थियो। सोमबार बिहान करिब ४ः३० बजे भएको उक्त घटनामा नौ जनाको मृत्यु भएको थियो।

चारतले होटलको भुइँतलाबाट सुरु भएको आगो दोस्रो तलासम्म फैलिएको थियो। अधिकांश पाहुना सुतिरहेका बेला लागेको आगोबाट निस्किएको बाक्लो धुवाँ माथिल्ला तलासम्म पुगेपछि धेरै मानिस कोठामै फसेका थिए। घटनाका बेला होटलमा ४३ जना पाहुना रहेको बताइएको छ।

तारापीठको घटनामा मेघालयको एउटै परिवारका पाँच सदस्यको समेत मृत्यु भएको थियो। प्रहरीले होटल सञ्चालक कल्याण पालसहित दुई जनालाई हिरासतमा लिएर आगलागीका क्रममा सुरक्षा व्यवस्थामा भएको सम्भावित कमजोरीबारे अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×