काेशीमा समर्थन फिर्ता लिँदै विपक्षी कित्तामा उभियो कांग्रेस 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार १५:३०
समर्थन फिर्ता लिँदै विपक्षी कित्तामा उभियो कांग्रेस 

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिएको छ । कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार हुँदा दिएको समर्थन फिर्ता लिने कांग्रेसले निर्णय गरेको हो ।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले सत्ता सहयात्रा टुङ्ग्याउँदै अबदेखि विपक्षी बेन्चमा बस्ने औपचारिक घोषणा गरेको छ । संसदीय दलको बैठक कक्षमा छलफल जारी रहँदै गर्दा कांग्रेसले प्रदेशसभा सचिवालयमा समर्थन फिर्ताको पत्र दर्ता गराइसकेको थियो । प्रदेशसभा सचिव सुदर्शन खड्काका अनुसार कांग्रेसले आफू अब सत्तापक्ष नरहेको र विपक्षी बेन्चको व्यवस्था गरिदिन आग्रह गर्दै सचिवालयलाई जानकारी गराएको छ ।

Advertisement

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने अन्तिम तयारी गरिरहेका बेला कांग्रेसको यो निर्णय आएको हो । मुख्यमन्त्री कार्कीले कांग्रेसलाई समर्थन कायमै राख्न आग्रह गरे पनि कांग्रेसले त्यसलाई अस्वीकार गर्दै फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सामेल भएसँगै कांग्रेस बाहिरिएको थियो । प्रदेशसभामा कांग्रेसको २९  जना सांसद छन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×