बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार १६:४४
बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त

हेटौँडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापामगरलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । १०४ सदस्यीय बागमती प्रदेशसभामा मौजुदा संख्याको स्पष्ट बहुमत अर्थात् ६३ जना सांसदको समर्थनसहित उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

Advertisement

नवनियुक्त मुख्यमन्त्री थापालाई नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले समर्थन गरेका छन् । केन्द्रमा बदलिएको राजनीतिक समीकरण र प्रदेशभित्रको दलीय सहमतिपश्चात् थापाको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

किरण थापामगर बागमती प्रदेशको सातौँ मुख्यमन्त्री बनेका छन् । थापाले यसअघि दुई पटकसम्म प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×