बहुमत वा दुई तिहाइ हुँदैमा जनताको समर्थन सधैँ रहँदैन: गगन थापा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २२:०८

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको समर्थन सधैँ कायम रहन्छ भन्ने सोच गलत भएको बताएका छन्। नन्दप्रसाद-जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले तत्कालीन कांग्रेस नेतृत्वलाई नागरिकको असन्तुष्टिबारे पटक–पटक सचेत गराए पनि गम्भीर रूपमा नलिइएको बताए।

‘यतिबेला दुई तिहाइमाथि पनि प्रश्न उठिरहेको छ। पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौँपटक भएन भनेर र दुईपटक सभापति भएको मान्छे तेस्रोपटक हुन पाइन भनेर असन्तुष्ट हुन्छ,’ उनले भने, ‘महत्त्वाकाङ्क्षा यसरी बढ्दै गएको छ।’

Advertisement

लोकतन्त्रमा निर्वाचनबाट प्राप्त सङ्ख्या मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उनले जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास उत्तिकै महत्त्वपूर्ण हुने बताए। तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग आफ्ना असहमति र चिन्ता पटक-पटक राखेको स्मरण गर्दै उनले आफूहरूले दिएका सुझावलाई नेतृत्वले गम्भीर रूपमा नलिँदाको राजनीतिक मूल्य आफूहरूले समेत चुकाएको धारणा राखे।

सङ्ख्या पुग्दैमा कुनै निर्णय सही नहुने भन्दै उनले नागरिक र समाजले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा महत्त्वपूर्ण हुने स्पष्ट पारे।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×