राष्ट्रिय सभाको बैठक आज बस्दै: मन्त्रीहरूले प्रश्नको उत्तर दिने 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार ०६:५६
राष्ट्रिय सभाको बैठक आज बस्दै: मन्त्रीहरूले प्रश्नको उत्तर दिने 

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ः१५ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा दुई वटा मुख्य कार्यसूची रहेका छन् । पहिलो कार्यसूची अनुसार, अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यक्रम छ । सांसदहरूले विभिन्न समसामयिक विषयमा सोधेका प्रश्नहरूको जवाफ अर्थमन्त्री र गृहमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Advertisement

यसैगरी, बैठकको अर्को मुख्य आकर्षणको रूपमा  ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ रहनेछ। उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्रीको तर्फबाट सभा समक्ष प्रस्तुत गरिने छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×