जापानिज इन्सेफ्लाइटिसबाट झापामा ६ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १०:०३
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु

झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेइ सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।

Advertisement

उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×