सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १३:१३

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ ८ गते सोमबार प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिने भएका छन्। त्यसका लागि मुख्यमन्त्री कार्कीले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका छन्। प्रदेशसभा सचिवालय र मुख्यमन्त्रीको सचिवालयले पनि सोमबार विश्वासको मत लिने तयारी भएको पुष्टि गरेको छ।

मुख्यमन्त्रीले एमाले र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनबारे पार्टी नेतृत्वलाई जानकारी गराउनुपर्ने भएकाले पनि विश्वासको मत लिने समय सारिएको भनाइ छ। मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेशसभा सचिवालय र सभामुखले प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइसकेका छन्। एमाले सांसद मीना श्रेष्ठले पनि सोमबार विश्वासको मत लिनेबारे जानकारी पाएको बताएकी छन्।

Advertisement

यसअघि नयाँ मन्त्रीहरूको शपथपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले आफूले चाँडै विश्वासको मत लिने बताएका थिए। नेपाली कांग्रेसले भने भदौ ३ गते मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।

यसअघि साउन ९ गते एमाले र नेकपाबीच कोशी प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार नेकपा कोशी प्रदेश सरकारमा सहभागी भइसकेको छ। संविधानको धारा १६८ को उपधारा (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

त्यसबेला प्रदेशसभा बैठकमा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए। कार्कीलाई एमालेका उपसभामुखसहित ४०, तत्कालीन माओवादीका १३, एकीकृत समाजवादीका तीन र जसपा नेपालका एक सांसदले विश्वासको मत दिएका थिए।

एमाले र तत्कालीन माओवादीबीचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन बनेपछि कार्कीले दोस्रो पटक २०८१ असोज २ गते विश्वासको मत लिएका थिए। त्यसबेला उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो। मतदानमा ८३ प्रदेशसभा सदस्य सहभागी भएका थिए।

९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाका सभामुखसहित पाँच तथा जसपाका एक सांसद छन्।

तपाइको प्रतिक्रिया
विश्वकप फाइनलको झगडामा अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाको प्रतिबन्ध
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×