कैलाशका नागरिकलाई विशेषज्ञ उपचारमा सहुलियत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १३:४०

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकाका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज र सहुलियतमा उपलब्ध गराउन गाउँपालिका र हेटौंडास्थित सिएमसी हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौतामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र सिएमसी हस्पिटलका प्रमुख परिचालन अधिकारी डा। आकेश प्रजापतीले हस्ताक्षर गरेका छन् । सम्झौतापछि गाउँपालिकाका नागरिकले हस्पिटलबाट प्राप्त हुने विभिन्न विशेषज्ञ सेवामा विशेष सहजीकरण र सहुलियत पाउनेछन् । गाउँपालिकाले आफ्नै १० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याएको छ। नागरिकता, मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक प्रमाणका आधारमा कैलाशका नागरिकले सिएमसीबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

Advertisement

यसैबीच गाउँपालिकाको आयोजना र सिएमसीको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० भन्दा बढी स्थानीयले सेवा लिएका छन् । शिविरमा बालरोग, प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी, नशा, नाक,कान,घाँटी तथा अर्थोपेडिक र ट्रमा सर्जरी विशेषज्ञले सेवा दिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×