कम्युनिस्ट आन्दोलनबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आयोः प्रचण्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १५:२४

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उर्बर रूपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले कसरी धक्का खायो भनेर गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आज आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कम्युनिस्ट आन्दोलन धक्का खानेगरी पछिल्लो समय रक्षात्मक अवस्थामा कसरी आइपुग्यो भन्ने प्रश्न महत्वपूर्ण रहेको भन्दै उनले यसबारे गम्भीर समीक्षा आवश्यकता रहेको औंल्याए। अत्यधिक मत दिँदादिँदै पनि हामीले कहाँ कमजोरी गर्‍यौँ भन्ने उनले प्रश्न गरे। चालिस वर्ष नेतृत्वमा रहँदा प्राप्त गरेका अनुभवबाट शान्ति प्रक्रियामा आएपछि कमजोरी भएको उनले स्वीकार गरे ।

Advertisement

रणनीतिभन्दा पनि कार्य रणनीतिमा बढी अल्झिँदा आन्दोलनले धक्का खाएको उनको भनाइ छ। कम्युनिस्टहरू कार्यनीतिको चक्करमा अल्झिँदा विरोधीहरू नेपालमा कसरी कम्युनिस्टहरूलाई ध्वस्त पार्न सकिन्छ भनेर रणनीतिमा लागेको आरोप लगाए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×