राप्रपाका तीन प्रदेशसभा सदस्यलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार २१:१६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ।

समितिले प्रदेशसभा सदस्यहरू राजु बिष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई पूर्ण सफाइको अवसर दिँदै १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न समय दिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

Advertisement

पार्टीको निर्णयबिना प्रदेश सरकारमा सहभागी भएको विषयमा उनीहरूसँग स्पष्टीकरण मागिएको हो। समितिको निर्णयबारे सम्बन्धित सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट जानकारी गराइएको प्रवक्ता श्रेष्ठले बताए। स्पष्टीकरणपछि उनीहरूमाथि पार्टीले आवश्यक निर्णय लिने जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×