कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १६:४२
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत, पक्षमा ५७ मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबार (आज) भएको मतदानमा मुख्यमन्त्री कार्कीले बहुमतसहित विश्वासको ५७ मत प्राप्त गरेका हुन् ।

९३ सदस्यीय प्रदेश सभा (हाल ९२ कायम) मा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा ५७ मत परेको छ । उनलाई नेकपा (एमाले) का ४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७ प्रदेश सभा सदस्यहरूले मतदान गरेका थिए ।

Advertisement

यस्तै, मुख्यमन्त्रीको विपक्षमा २२ मत परेको छ । नेपाली कांग्रेसका २९ सदस्यमध्ये २२ जनाले विपक्षमा मतदान गरेका हुन् । प्रदेश सभामा ५ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यहरू भने मतदान प्रक्रियामा सहभागी भएनन् । सभामुखसहित राप्रपाका ५ सदस्य कतै पनि मतदान नगरी तटस्थ बसेका थिए ।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) की एक मात्र सांसद निर्मला लिम्बू बैठकमा अनुपस्थित रहिन् । कोशी प्रदेश सभामा कुल ९३ सदस्य रहे पनि एक जनाले राजीनामा दिएका कारण हाल ९२ सदस्य कायम छन् । आजको बैठकमा कुल ८३ जना सांसदहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×