
काठमाडौं । नेपाली कांग्रेसले आज (बुधबार) केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ । बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन भनिएको छ ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार काठमाडौंमा उपलब्ध पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरूलाई पनि बैठकमा बोलाइएको छ । साथै रसुवा, धादिङ र नुवाकोटका जिल्ला सभापतिलाई समेत बैठकमा आमन्त्रण गरिएको छ ।

























