बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेस र एमालेको आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १८:०४

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा तत्काल जुट्न नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकार तथा आफ्ना पार्टीपङ्क्तिलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको हरसम्भव खोजी गर्न, जोखिममा रहेका नेपाली नागरिक तथा विदेशी पर्यटकको शीघ्र उद्धार तथा स्थानान्तरण गर्न र घाइतेको प्रभावकारी उपचार गर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेसले विपद्को अवस्थामा सरकार, प्रतिपक्षी दल, संघ–संस्था, निजी क्षेत्र र नागरिक समुदायलाई एकजुट भएर उद्धार तथा राहतमा जुट्न अपिल गरेको छ ।

Advertisement

महामन्त्री प्रदीप पौडेलले पार्टीको सरकारका हरेक प्रयासमा पूर्ण साथ र सहयोग रहने बताउँदै नेता–कार्यकर्तालाई भ्रामक सूचना, मिथ्या र अफवाहको पछि नलाग्न तथा आरोप–प्रत्यारोप नगरी उद्धार, राहत र व्यवस्थापनमा केन्द्रित हुन आग्रह गरेका छन् । कांग्रेसले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपुरलाई समेटेर विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ ।

केन्द्रीय सदस्य एवं रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित समितिको सदस्य सचिवमा पार्टीको विपद् व्यवस्थापन उपसमितिका संयोजक मानबहादुर थापा रहेका छन् । समितिअन्तर्गत केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क राखिने र कांग्रेसका तर्फबाट हुने सबै प्रकारका सहयोग समितिमार्फत समन्वय गरिने जनाइएको छ । कांग्रेसले पार्टीको तर्फबाट राहत कोषमा एकमुष्ट रकम जम्मा गर्ने निर्णय गरे पनि रकम भने खुलाएको छैन ।

यसैगरी, एमालेले पनि भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार, जोखिममा रहेकाहरूको स्थानान्तरण र पुनर्स्थापनाका लागि सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको आकस्मिक बैठकपछि जारी गरेको विज्ञप्तिमार्फत घाइतेको तत्काल उपचार गर्न र थप मानवीय क्षति हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

एमालेले मानवीय तथा भौतिक क्षतिको विवरण तत्काल संकलन गरी विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्र, साधन–स्रोत र विकल्प परिचालन गर्न तथा तत्कालीन र दीर्घकालीन राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । बाढी प्रभावितलाई तत्काल उद्धार, घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार र प्रभावित क्षेत्रमा शीघ्र राहत सामग्री पुर्‍याउन संघ, प्रदेश र स्थानीय सरकार, जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघ–संस्था तथा आमनागरिकबीच एकीकृत समन्वय र सहकार्य आवश्यक रहेको एमालेले जनाएको छ ।

एमालेले आफ्ना नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल खोजी, उद्धार र राहतमा सक्रिय हुन तथा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्न निर्देशन दिएको छ । सरकारले कुनै पनि बहानामा ढिलाइ नगरी उद्धार कार्यलाई तीव्रता दिन र प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री तत्काल पुर्‍याउन पनि एमालेले माग गरेको छ ।

तपाइको प्रतिक्रिया
रसुवाको बाढीको प्रारम्भिक कारण हिम–चट्टान पहिरो भएको संकेत
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
राष्ट्रिय स्वतन्त्र पार्टी
बाढीपीडितका लागि सत्तारुढ रास्वपाले ५० लाख दिने
बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
इटहरीका डीएसपी सुवास हमाल सर्वोत्कृष्ट प्रहरी
बाढी प्रभावितको उद्धारमा जुट्न कांग्रेस र एमालेको आग्रह
बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् संकटग्रस्त घोषणा, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारका १० निर्णय
भारत, चीन र विश्व बैंकको सहयोग प्रस्ताव, ‘के चाहिन्छ, सूची पठाउनुस्’
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
नेपाली कांग्रेसका सबै कार्यक्रम स्थगित, राहत र उद्धारमा केन्द्रित हुने निर्णय
बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गर्न ओलीको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×