बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार २०:०७
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 

काठमाडौं । चीनको तिब्बतस्थित हिमताल फुटेर भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण भएको ठुलो धनजनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले गहिरो दुःख व्यक्त गरेका छन् ।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत एक सन्देश जारी गर्दै पूर्वराजा शाहले सीमा पार प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि अब राष्ट्रिय प्रयास मात्र पर्याप्त नहुने उल्लेख गरेका छन् । उनले नेपाल, भारत र चीनबीच एक संयुक्त संयन्त्र निर्माण गरी विपद् व्यवस्थापन गरिनुपर्ने आवश्यकतामा जोड दिएका हुन् ।

Advertisement

‘सीमा जोडिएका छिमेकी देशमा आउने प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले अलग अलग प्रयासभन्दा त्रिदेशीय संयुक्त प्रयास आवश्यक छ,’ सन्देशमा भनिएको छ ।

तिब्बतमा हिमताल फुटेपछि उर्लिएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका तटीय क्षेत्रमा ठुलो विनाश निम्त्याएको छ । बाढीले त्यहाँका बस्ती, सडक, पुल पुलेसा, जलविद्युत् आयोजना र तयारी खेतीपातीमा पुर्‍याएको अपार क्षतिप्रति पूर्वराजाले संवेदनशीलता प्रकट गरेका छन् ।

पूर्वराजा शाहले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीमा परी बेपत्ता भएका सुरक्षाकर्मी तथा सर्वसाधारणको खोजी कार्यलाई तत्काल तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।

विपद्को यस कठिन घडीमा खोजी, उद्धार, उपचार तथा राहत वितरणमा कुनै कसर बाँकी नराख्न उनले अनुरोध गरेका छन् । पूर्वराजाले सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था र आम नागरिक सबैलाई एकजुट भएर पीडितको सहयोगमा जुट्न विशेष अपिल समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
गोरखामा बाढीले बगाएको ८ शव फेला
बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सहयोगको प्रतिबद्धता
बाढीको प्रारम्भिक कारण हिम–चट्टान पहिरो भएको संकेत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×