सबै एकजुट भएर विपद्को सामना गरौं : प्रचण्ड

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार १२:१८

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्ने बताएका छन् ।

उनले सबै एकजुट भएर विपद्को सामना गर्नुपर्नेमा जोड दिए । सञ्चारकर्मीसँग बिहीबार कुरा गर्दै प्रचण्डले विपद्को समयमा आपसी समझदारी र सहकार्यका साथ अघि बढ्नुपर्ने बताए । उनले भोटेकोशीमा आएको बाढी र त्यसबाट भएको ‘भयानक’ क्षतिलाई राष्ट्रिय एकताको नयाँ संकल्पमा बदल्नुपर्ने बताए ।

Advertisement

‘मानवीय र भौतिक क्षति पनि जुन छ, यस्तो बेलामा समझदारीका साथ अघि बढ्नुपर्छ । यसलाई राष्ट्रिय एकताको एउटा नयाँ संकल्पमा बदल्नुपर्छ,’ उनले भने । सरकारको सक्रियताका बारेमा सञ्चारकर्मीले राखेको प्रश्नमा प्रचण्डले प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो रहेको प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×