
काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेमा बाढी-पहिरोपछि माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको सशस्त्र प्रहरीको उद्धार टोलीले जीवितै उद्धार गरेको छ ।
बाढी-पहिरोबाट टिमुरेमा ठूलो क्षति भएपछि खोजीमा खटिएको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो । तत्काल उद्धार गरी उनलाई उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाइएको छ ।
बालिकाको स्वास्थ्य अवस्था र पहिरोमा पुरिनुको थप विवरण खुल्न बाँकी छ । सुरक्षा निकायले टिमुरेमा खोज तथा उद्धार जारी राखेका छन् ।

























