महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न देउवा समूहको बैठक

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १३, शनिबार १९:५१

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बैठक बोलाएको छ ।

सर्वोच्च अदालतले सभापति गगन थापाले अघि सारेको महाधिवेशन कार्यतालिका रोक्न अस्वीकार गरेपछि देउवा समूहले छुट्टै कार्यतालिका तय गर्ने तयारी गरेको हो । बैठक बुधबार चुनादेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

Advertisement

१५औँ महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार बैठकमा देउवा समूहबाट १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्य सहभागी हुनेछन् । बैठकमा महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन एजेन्डामा छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×