‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ११:२०

काठमाडौं । बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा नागरिकको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने चिकित्सकहरूले बताएका छन् । आफन्त गुमाएका, घरबारविहीन भएका र लामो समयदेखि तनावमा रहेका नागरिकमा डर, चिन्ता, तनाव तथा अन्य मानसिक समस्या बढ्न सक्ने भएकाले राहतसँगै मनोसामाजिक सहयोगलाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. अमित गौलीका अनुसार विपद्पछि शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान दिन आवश्यक हुन्छ । घरबारविहीन भएका तथा आफन्त गुमाएका नागरिकलाई मनोपरामर्श उपलब्ध गराएर आत्मविश्वास बढाउनुपर्ने उनी बताउँछन् ।

Advertisement

‘विपद्को अवस्थामा मानिसले आफ्नो घर, सम्पत्ति र आफन्त गुमाउँदा गहिरो मानसिक तनावमा पर्न सक्छन्,’ डा. गौली भन्छन्, ‘यस्तो अवस्थामा मनोसामाजिक सहयोग र आवश्यक परे मनोपरामर्शको व्यवस्था गर्नुपर्छ ।’ भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार २०० भन्दा बढीको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५०० विदेशी नागरिकसहित ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

बाढीपछि करिब १२ हजार जनाको उद्धार गरिएको छ । उद्धार गरिएकालाई रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका विभिन्न स्थानमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको छ । चिकित्सकका अनुसार मानसिक तनावसँगै बाढी प्रभावित क्षेत्रमा दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखालालगायत पेटसम्बन्धी रोग तथा श्वासप्रश्वासको समस्या बढ्न सक्छ । बाढीका क्रममा लागेका घाउचोटमा सङ्क्रमणको जोखिमसमेत हुने भएकाले समयमै उपचार आवश्यक हुन्छ ।

मधुमेह, उच्च रक्तचाप, दम र क्यान्सरजस्ता दीर्घरोग भएका बिरामीका लागि विपद्को अवस्था थप चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ । नियमित औषधि सेवनमा बाधा पुग्दा र नयाँ सङ्क्रमण थपिँदा उनीहरूको स्वास्थ्य जोखिम बढ्न सक्छ । प्रभावित क्षेत्रमा आधारभूत स्वास्थ्य सेवासँगै मनोसामाजिक सेवा पनि तत्काल पुर्‍याउनुपर्ने चिकित्सकहरूले बताएका छन् । संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी स्वास्थ्यकर्मी तथा मनोपरामर्शदाताको परिचालन गर्नुपर्ने उनीहरूको सुझाव छ ।

तपाइको प्रतिक्रिया
भारतबाट राहत सामग्री र सुरुङ उद्धार टोली नेपाल आइपुग्यो
बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख, राहत कोषमा ४० करोड दिने निर्णय
 बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख५ हजार सहयोग
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख ५ हजार सहयोग
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
सामान्य बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
विराटनगरमा खैरो हेरोइनसहित एक जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×