राहतसँगै बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण अघि बढाउन ओलीको आग्रह

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १४:५०

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको काम पनि अघि बढाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज (शुक्रबार) रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्ने बताए ।

प्रभावित क्षेत्रमा प्रदेश सरकार, प्रदेशसभा र विभिन्न दाताबाट सहयोग भइरहेको उल्लेख गर्दै ओलीले बाढीपहिरोले क्षति पुर्‍याएका ठाउँमा तुइन, झोलुङ्गे पुल र सडक निर्माणको काम अघि बढाउनुपर्ने बताए । ‘अहिले यतिवेला राहत र उद्धारको समय छ । हामी त्यसमा नै केन्द्रित हुन्छौँ । राहत र उद्धारसँगै जोडिएको पुनर्निर्माणको काम पनि छ,’ ओलीले भने ।

Advertisement

उनले बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा गरिरहेको कामको प्रशंसा गर्दै अन्य प्रदेश सरकार र दातालाई पनि सहयोग जारी राख्न आग्रह गरे ।

‘बागमती सरकारले अहिले तुइन राखिदिने काम गर्दा जनतालाई सहयोग पुग्छ । कतिपय ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने, बाटो निर्माण गर्ने काम भइरहेको छ,’ ओलीले भने, ‘प्रदेश सरकारलाई धन्यवाद भन्न चाहन्छु । विभिन्न प्रदेशसभाले पनि सहयोग पुर्‍याइरहेका छन् । अरू विभिन्न दाताबाट पनि सहयोग जुटिरहेको छ । सहयोगी मन भएका दाताहरूलाई धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले विपद्का बेला नेपाली सेना र प्रहरीले उद्धार तथा राहतमा गरिरहेको कामको पनि प्रशंसा गरे । तर नेपाली सेनालाई राजनीतिक विवादमा मुछ्ने वा मुछिने अवस्था आउन नहुने उनको भनाइ थियो । नेपाली सेना राजनीतिक विवादबाट अलग, निर्विवाद र निष्कलंक रहनुपर्नेमा जोड दिँदै ओलीले सेनालाई नेपाली जनताको आशा, भरोसा र विश्वासको राष्ट्रिय सुरक्षा संस्थाका रूपमा कायम राख्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×