बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्ष निःशुल्क उपचार गर्ने

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार १६:२५

काभ्रे । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।

अस्पतालले आज (आइतबार) विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्यसम्बन्धी समस्या र उपचारको आर्थिक भारसमेत व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै परिवारका सदस्यलाई एक वर्षसम्म निःशुल्क उपचार सेवा दिने निर्णय गरेको जनाएको हो ।

Advertisement

अस्पतालका अनुसार यसबाट प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुग्नुका साथै उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग पुग्नेछ । निःशुल्क स्वास्थ्य सेवा लिन आवश्यक प्रक्रिया, कागजात र अन्य विवरण छिट्टै सार्वजनिक गरिने अस्पतालले जनाएको छ ।

बाढीपछि प्रभावित समुदायमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमताअनुसार प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन तथा अन्य निकायसँग सहकार्य गर्ने तयारीसमेत गरेको छ ।

अस्पतालले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायको स्वास्थ्य उपचार, पुनःस्थापना र पुनःनिर्माणका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
राधाकृष्ण रथयात्रामा उठ्यो २ लाख ८२ हजार भेटी, भोटेकोशी बाढीपीडितका लागि पठाइने
विराटनगरको राधाकृष्ण रथयात्रा : हजारौँको भिडमा हराए बालबालिका, प्रहरीको पहलमा भेटिए अभिभावक
गगन–शेखर भेटवार्ताः पार्टी एकढिक्का बनाउने विषयमा छलफल
जोशीलाई मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री
सुनसरीमा भन्सार छलीको मल र सुर्तीजन्य पदार्थ बरामद
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
महासभामा तयारीका साथ प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव
रसुवागढी नाका अवरुद्ध भएपछि केरुङका सामान अब कोरला नाकाबाट
बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्ष निःशुल्क उपचार गर्ने
महाधिवेशन प्रक्रिया नरोके कांग्रेस विभाजन हुनसक्छः रमेश लेखक
बाढीले पुल बगाएपछि मनास्लु र लार्केपास पदयात्रामा रोक
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×