एसीसी प्रिमियर कप: लगातार चौथो जितको लक्ष्यसहित नेपाल आज हङकङसँग भिड्दै

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार ०६:४१
एसीसी प्रिमियर कप: लगातार चौथो जितको लक्ष्यसहित नेपाल आज हङकङसँग भिड्दै

काठमाडौं । एसीसी पुरुष प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मंगलबार (आज) हङकङको सामना गर्दै छ । मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ।

प्रतियोगितामा यसअघि नै लगातार तीन खेल जितेर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल आज चौथो जित निकाल्दै समूह  ‘ए’ को विजेताका रूपमा अपराजित रहँदै अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ । नेपालले यसअघिका खेलहरूमा बहराइन, मलेसिया र साउदी अरेबियालाई सहजै पराजित गरेको थियो ।

Advertisement

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली अहिले उच्च फर्ममा देखिएको छ । आजको खेलमा कप्तान सन्दीपसँगै रोहित पौडेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अर्जुन कुमाल र देव खनालजस्ता खेलाडीहरूबाट टोलीले उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेको छ ।

यद्यपि, हङकङ पनि प्रतियोगितामा बलियो चुनौती पेश गरिरहेको टोली भएकाले नेपालका लागि आजको खेल चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । समूह ‘ए’ मा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल आजको खेल जितेर आफ्नो अपराजित यात्रालाई कायमै राख्न चाहन्छ ।

नेपालले यो प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ । आजको खेलले नेपाली टोलीको सेमिफाइनल अघिको मनोबल थप उच्च बनाउने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
शान्ति कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजा आराधना
इटहरी प्रहरी हिरासतमा थुनुवाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×