अस्पतालबाहिरै बच्चा जन्माएपछि छानबिनमा स्वास्थ्य मन्त्रालय

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार १४:५७

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

अस्पतालमा उपचारका लागि पुगेकी महिलाले परिसरबाहिरै बच्चा जन्माउनुपरेको घटनाको सत्यतथ्य छानबिन गर्न मन्त्रालयले टोली राजविराज पठाउने भएको छ । मन्त्रालयका अनुसार नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली बिहीबार नै राजविराज प्रस्थान गर्नेछ ।

Advertisement

मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीसमेत टोलीसँगै राजविराज जानेछन् ।

घटनाबारे मन्त्रालयले अस्पतालसँग स्पष्टीकरणसमेत मागेको छ । स्थलगत छानबिन गरी घटनाको वास्तविकता बाहिर ल्याइने र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

अस्पतालले पनि घटनाको छुट्टै छानबिनका लागि समिति गठन गर्ने भएको छ । स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×