आमालाई ६ महिना प्रसूति र बुवालाई ४२ दिनसम्म स्याहार बिदा दिने तयारी

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १८:०५

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुनमा संशोधनको तयारी अघि बढाएको छ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले तयार पारेका संशोधनसम्बन्धी मस्यौदा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ ।

मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ सहित पाँचवटा कानुन संशोधन गर्न लागेको हो । प्रस्तावित संशोधनमध्ये सुरक्षित मातृत्वसम्बन्धी व्यवस्थामा आमाका लागि हाल कायम ९८ दिनको प्रसूति बिदा बढाएर कम्तीमा ६ महिना पुर्‍याउने प्रस्ताव गरिएको छ । त्यस्तै, बुवालाई नवजात शिशुको स्याहारका लागि ४२ दिनसम्म तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको छ ।

Advertisement

मन्त्रालयका अनुसार संशोधनको उद्देश्य बच्चा जन्माउने प्रक्रियालाई आमाको मात्रै जिम्मेवारीका रूपमा हेर्ने परम्परागत सोचमा परिवर्तन ल्याउनु हो । नवजात शिशुको हेरचाह र अभिभावकीय जिम्मेवारीमा बुवाको सहभागिता बढाउन कानुनी रूपमै व्यवस्था गर्न खोजिएको मन्त्रालयले जनाएको छ ।

प्रस्तावित व्यवस्थामा प्रसूति सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिसेवाकर्मी अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने विषयसमेत समेटिएको छ । गर्भवती तथा सुत्केरी महिलालाई सम्मानजनक प्रसूति सेवा उपलब्ध गराउने र उनीहरूमाथि हुने शारीरिक तथा मानसिक हिंसा रोक्ने कानुनी प्रबन्ध पनि संशोधनमा प्रस्ताव गरिएको छ ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताको सचिवालयका अनुसार मातृत्व र पितृत्वलाई परिवारको साझा जिम्मेवारीका रूपमा स्थापित गर्ने उद्देश्यले कानुनी सुधार अघि बढाइएको हो । बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि त्यसपछि हुने पालनपोषण र हेरचाह आमाको मात्र दायित्व नभएको मन्त्रालयको भनाइ छ ।

बदलिँदो पारिवारिक संरचना, जीवनशैली तथा मातृ र नवजात शिशुको स्वास्थ्य आवश्यकतालाई समेत ध्यानमा राखेर सुरक्षित मातृत्वसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन संशोधन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । कानुन संशोधन भएमा प्रसूति तथा नवजात शिशुको हेरचाहका क्रममा अभिभावकले पर्याप्त समय दिन पाउने गरी विद्यमान व्यवस्थामा महत्वपूर्ण परिवर्तन आउनेछ ।

तपाइको प्रतिक्रिया
कबाडीमा ठूलो खेल : अर्बौंको कारोबार, हराउँदै भ्याट
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
सुरुङभित्र उद्धार अभियान तीव्र, १० शव भेटिँदा ३ जनाको जीवितै उद्धार
आमालाई ६ महिना प्रसूति र बुवालाई ४२ दिनसम्म स्याहार बिदा दिने तयारी
मन्त्रिपरिषद्का ६ निर्णयः डिजिटल शासनदेखि सचिव बढुवासम्म
अख्तियारका कर्मचारीद्वारा बाढीपीडितका लागि ६१ लाख
कांग्रेसको १५औँ महाधिवेशनमा ६ हजार ५२८ प्रतिनिधि सहभागी हुने
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा विधेयक प्रमाणीकरण
सुनखानी भत्किँदा कम्तीमा ६० जनाको मृत्यु
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×