यस्ता छन् कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्का निर्णय

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार १७:४७

विराटनगर । कोशी प्रदेश सरकारले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को २०औँ बैठकले आगामी असोज २२ र २३ गते विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको सम्मेलन आयोजना गर्ने निर्णय लिएको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले कोशी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, २०८३ आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।

Advertisement

सम्मेलनमा प्रदेशहरूले संघीयता कार्यान्वयनका क्रममा भोगिरहेका साझा समस्या, प्रदेशबीचको समन्वय तथा सहकार्य, असल अभ्यास आदानप्रदानलगायत विषयमा छलफल हुनेछ । संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, प्रदेशका कानुनी तथा संस्थागत जटिलता र संघीयता सबलीकरणका लागि आवश्यक सुधारका विषयसमेत सम्मेलनमा उठाइने तयारी छ ।

कोशी सरकारले सम्मेलनलाई प्रदेशहरूबीच अनुभव आदानप्रदान र साझा समस्या समाधानका लागि छलफल गर्ने मञ्चका रूपमा अघि बढाउने जनाएको छ । विकास, आर्थिक समृद्धि, सुशासन, पर्यटन तथा व्यापार प्रवर्धनका क्षेत्रमा प्रदेशहरूबीच सहकार्यका सम्भावनाबारे समेत छलफल हुने बताइएको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा समेत सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै, सहसचिव नीता शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा पदस्थापन गरी प्रदेश योजना आयोगको समेत कामकाज गर्ने गरी खटाउने निर्णय बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा कोशी प्रदेश बीमा सम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारले बीमा सम्बन्धी कानुनी व्यवस्था निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने गरी विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×