कमजोर बन्दै मनसुन, अब ठूलो वर्षाको सम्भावना न्यून

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार २०:१९

काठमाडौं । नेपालमा मनसुन क्रमशः कमजोर बन्दै गएको छ । मौसमविद् उज्वल उपाध्यायका अनुसार पछिल्ला दिनमा देखिएको मौसमी प्रणाली कमजोर भइसकेकाले अब तत्काल ठूलो वर्षाको सम्भावना छैन ।

उपाध्यायका अनुसार हाल मनसुनी प्रणाली लगभग कमजोर अवस्थामा पुगेको छ । त्यसैले देशभर ठूलो वर्षा हुने कुनै उल्लेखनीय प्रणाली देखिएको छैन ।

Advertisement

यद्यपि, करिब चारदेखि पाँच दिनपछि पूर्वतर्फ म्यानमारबाट विकसित भएर आउने एउटा कमजोर मौसमी प्रणालीका कारण कोशी प्रदेशका केही क्षेत्रमा वर्षा हुन सक्ने उनले बताए ।

त्यसको एक–दुई दिनपछि गण्डकी प्रदेशअन्तर्गत कास्की र पर्वत आसपासका ठूला उपत्यकामा पनि केही वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ ।

त्यसबाहेक देशका अन्य क्षेत्रमा उल्लेख्य वर्षाको सम्भावना नरहेको मौसमविद् उपाध्यायले बताए । उनका अनुसार अब हुने वर्षा पनि मनसुनको सक्रिय अवस्थाको जस्तो व्यापक र निरन्तर हुने छैन ।

नेपालमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म मनसुनी गतिविधि रहने गर्छ । यस वर्ष मनसुनका कारण विभिन्न चरणमा भारी वर्षा, बाढी र पहिरोजस्ता विपद् देखिए पनि पछिल्लो समय प्रणाली कमजोर हुँदै गएको छ ।

उपाध्यायका अनुसार अबको बढीमा ८ देखि १० दिनभित्र मनसुन औपचारिक रूपमा नेपालबाट बाहिरिएको घोषणा हुने अवस्था देखिएको छ । मनसुनको बहिर्गमनबारे सम्बन्धित निकायबाट औपचारिक जानकारी आउन भने बाँकी रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×