विश्व मुटु दिवसः न्युरो हस्पिटलद्वारा सचेतना प्रभातफेरि र मुटुका बिरामीलाई विशेष सहुलियत

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १३, मंगलबार १४:१७

विराटनगर । कोशी प्रदेशमै पहिलो पटक निजी स्तरबाट ‘क्याथल्याब’ सेवा सञ्चालनमा ल्याएको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले विविध कार्यक्रम गरी विश्व मुटु दिवस मनाएको छ । मुटु स्वास्थ्यबारे नागरिकलाई सचेत गराउने उद्देश्यले अस्पतालले मंगलबार बिहान प्रभातफेरिको आयोजना गर्नुका साथै मुटुका बिरामीहरूका लागि साताव्यापी विशेष छुट ‘अफर’को घोषणा गरेको छ ।

अस्पताल परिसरबाट सुरु भएको सचेतनामूलक प्रभातफेरिले विराटनगर नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरिमा हस्पिटलका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्ट, निर्देशक डा. अनिशा विष्ट, वरिष्ठ कन्सल्टेन्ट इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ डा. निकेशराज श्रेष्ठ, अस्पतालका कर्मचारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

Advertisement

दिवसको अवसरमा अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले मुटुका बिरामीहरूलाई लक्षित गरी एक सातासम्म विशेष छुट तथा सहुलियत अफर सञ्चालन गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै डा. श्रेष्ठले पछिल्लो समय अस्वस्थ जीवनशैलीका कारण मुटुरोगीहरूको संख्या तीव्र रूपमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

‘पहिले वृद्धवृद्धामा मात्र बढी देखिने मुटुरोग अहिले युवापुस्तामा समेत भयावह बन्दै गएको छ,’ डा. श्रेष्ठले भने, ‘अत्यधिक मानसिक तनाव, शारीरिक निष्क्रियता, जंकफुडको प्रयोग, धुम्रपान तथा मद्यपान यसका मुख्य कारण हुन् ।’ मुटुलाई स्वस्थ राख्न दैनिक कम्तीमा ३० देखि ४५ मिनेट पसिना आउने गरी व्यायाम गर्न, सन्तुलित तथा फाइबरयुक्त खाना खान र तनाव व्यवस्थापन गर्न उनले सुझाव दिए ।

विशेष गरी उच्च रक्तचाप, मधुमेह र मोटोपन भएका व्यक्तिहरू मुटुरोगको उच्च जोखिममा हुने भएकाले वर्षमा कम्तीमा एक पटक मुटुको नियमित परीक्षण (स्क्रिनिङ) गराउनुपर्ने डा. श्रेष्ठको भनाइ छ ।

हृदयघात (हार्ट अट्याक) को लक्षणबारे प्रस्ट पार्दै उनले भने, ‘छातीको बीच भाग भारी भएर दुख्नु, देब्रे हात वा घाँटीतिर दुखाइ सर्नु, अत्यधिक पसिना आउनु र श्वासप्रश्वासमा समस्या हुनु हृदयघातका प्रमुख लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ ढिला नगरी क्याथल्याब सुविधा भएको नजिकको अस्पताल पुग्नुपर्छ ।’ मुटुरोगको समयमै पहिचान र उपचार हुन सके अकाल मृत्युबाट जोगिन सकिने भएकाले स्वास्थ्यप्रति सजग रहन उनले सबैलाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया
धरानमा शिक्षक नियुक्तिको आश्वासनपछि विद्यार्थीको अनशन अन्त्य
चोलेन्द्र प्रकरण : जेनजीको नाम जोड्दा विवादमा आएपछि फेरियो सरकारको बोली
 
पूर्वप्रधान न्यायाधीशको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति
मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
ओलीको निर्देशन : चुनावमा केन्द्रित भएर संगठन सुदृढ गर्नू
बोर्डको मान्यता विवादकै आधारमा विद्यार्थीलाई नक्कली प्रमाणपत्रधारी भन्न नमिल्ने सर्वोच्चको फैसला
नेप्सेमा १९ अंकको गिरावट 
नेप्से परिसूचक नौ अंकले घट्यो
बदलिँदो जीवनशैलीले युवाको मुटु जोखिममा
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
नेपाल–भारत सम्बन्ध सुमधुर र प्रगाढः प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×