
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग भएको भेटपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन् ।
थापाले रिजाललाई उपसभापतिमा उम्मेदवारी नदिन आग्रह गरेका थिए । महाधिवेशनपछि उपयुक्त जिम्मेवारी दिने आश्वासन पाएपछि रिजाल उम्मेदवारी फिर्ता लिन तयार भएको बताइएको छ ।
रिजालले थापासँग भएको भेट र उम्मेदवारी फिर्ताबारे भएको कुराकानीको भिडियोसमेत आफ्नो फेसबुक पेजमा राखेका छन् ।
रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीले थापाले सार्वजनिक रूपमा र व्यक्तिगत भेटमा समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेको बताए । उनका अनुसार थापाले महाधिवेशनपछि रिजाललाई उपयुक्त जिम्मेवारी दिने आश्वासन दिएका छन् ।

























