सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार १०:४४
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ। बुधबार प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५१ हजार ३०० रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ४ हजार ४२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ३९० रुपैयाँमा झरेको छ।

आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७६४ रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×